आज कोरोना संक्रमित १ सय १६ जना थपिए, कुन जिल्लामा कति ? (जिल्लासहित हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३०, मंगलबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो । पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइन २४ हजार सात सय १६ जना छन् ।
आइसोलेसन ६ हजार ६ सय ९५ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार १० हजार तीन सय २८ जनाले अहिलेसम्म कोरोना जितेका छन् । यो संख्या कुल संक्रमितमध्ये ६० प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३ जना, सिराहाका एकजना, सुनसरीका एकजना र तेह्रथुमका एकजना संक्रमित भएका छन् । यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ जना र महोत्तरीका १९ जना, नारायणी अस्पताल वीरगंज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जना र धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका एकजना र नुवाकोटका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका २ जना र ओखलढुंगाका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना, कैलालीका एकजना, काठमाडौंका एकजना, पाल्पाका एकजना, सिन्धुपाल्चोकका एकजना र सुर्खेतका एकजना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३ जना, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजना, रोल्पाका ३ जना बर्दियाका एकजना र दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना र पाल्पाका ४ जना, दैलेख प्रयोगशालामा दैलेखका ६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा अछामका १२ जना र जुम्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका २ जना, कंचनपुरका एकजना र कैलालीका ४ जना संक्रमित भएका छन् । योसँगै हालसम्म नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये देशभर ६ हजार ६९५ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै हाल देशभरका क्वारेन्टाइनमा २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस